LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

मन्दिर परिसरमै हमला : कृष्ण मन्दिरमा चक्कु प्रहार, एक युवा गम्भीर

काठमाडौँ , २५ चैत । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिर परिसरमा दुई युवामाथि चक्कु प्रहार भएको छ।

प्रहरीका अनुसार कृष्ण मन्दिर परिसरमा चार जनाको समूहमा आएका युवाहरूले दुई युवामाथि चक्कु प्रहार गरेका हुन्। घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइते दुवैलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त सातदोबाटोकी प्रमुख डीएसपी पूर्णिमा चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त टोली अहिले चक्कु प्रहार गर्नेहरूको खोजी तथा घटनाको अनुसन्धानमा जुटिरहेको डीएसपी चन्दले बताइन्।

चक्कु प्रहारबाट घाइते भएका दुवै युवाको परिचय हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर