LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सरकारले सूचना प्रविधि विभाग खारेज गर्दै नयाँ डिजिटल शासन कार्यालय स्थापना गर्ने निर्णय

काठमाडौँ  चैत्र १४। सरकारले हाल सञ्चालनमा रहेको सूचना प्रविधि विभाग खारेज गर्ने निर्णय गरेको छ।

 

मन्त्रिपरिषद्ले स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूची’ को बुँदा नम्बर ३९ अनुसार, मुलुकको सूचना प्रविधि र विद्युतीय शासन प्रणालीमा देखिएको खण्डीकृत संरचना र समन्वयको अभाव अन्त्य गर्न यो कदम चालिएको हो।

 

यसको सट्टा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत एक शक्तिशाली सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गरिने सरकारले जनाएको छ। नयाँ संरचना निर्माणको काम आगामी तीन महिनाभित्र पूरा गरिने योजना बनाइएको छ।

 

प्रधानमन्त्री कार्यालयकै प्रत्यक्ष मातहत यस्तो कार्यालय स्थापना भएपछि एकीकृत, सुरक्षित, दक्ष र परिणाममुखी डिजिटल शासन प्रणाली विकास हुने छ। यसले सरकारी सेवाहरू पूर्ण रूपमा डिजिटल बनाउने तथा विभिन्न निकायका डेटा प्रणालीबीच प्रभावकारी समन्वय कायम गर्न सहयोग पुर्‍याउने सरकारको विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित खवर