LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

श्री एस.एल.पी. मा.वि. महुकी पत्थरगाडाको लाजमर्दो दृश्य—विद्यार्थीलाई कागज र प्लास्टिकमा खाजा

चैत्र ११ :   डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाडा स्थित श्री एस.एल.पी. मा.वि. महुकी  पत्थरगाडा विद्यालयमा विद्यार्थीलाई दिइने दिवा खाजा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ। विद्यालयमा दिवा खाजा त दिइँदै आएको छ, तर विद्यार्थीलाई कापीको पन्ना र प्लास्टिकमा खाजा राखेर खान दिइएको दृश्य सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

 

सरकारले बालबालिकाको स्वास्थ्य सुधार र विद्यालयमा उपस्थिती बढाउने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि उक्त विद्यालयमा भने सरसफाइ र व्यवस्थापनको चरम लापरबाही देखिएको आरोप लागेको छ। कागज र प्लास्टिकमा खाजा खुवाउँदा विद्यार्थीको स्वास्थ्यमा समेत जोखिम हुने भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयले यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी जिम्मेवारमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार दिवा खाजा कार्यक्रमको नाममा यस्तो लापरबाही हुनु बालबालिकाको सम्मानमाथि नै ठेस पुग्ने विषय हो।

प्रतिक्रिया
सम्बन्धित खवर