LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

आस्था र श्रद्धाको पर्व चैती छठ, जनकपुरधामका घाटमा विशेष तयारी

जनकपुरधाम चैत्र १०— मिथिलाञ्चलको आस्थाको महान् पर्व चैती छठ जनकपुरधाममा श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। पर्वको मुख्य अनुष्ठानअन्तर्गत आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गर्नेछन्।

जनकपुरधामका गंगासागर, धनुषसागर, अर्गजासर लगायतका पवित्र जलाशयहरूमा व्रतालु र श्रद्धालुहरूको भीड बढ्दै गएको छ। छठ पर्वको अवसरमा घाटहरू सजाइएका छन् भने व्यवस्थापनका लागि स्थानीय प्रशासन र स्वयंसेवकहरू परिचालित भएका छन्।

चार दिनसम्म कठोर नियम, निष्ठा र निराहार व्रतका साथ मनाइने यस पर्वमा व्रतालुहरूले सूर्यदेवको आराधना गर्दै स्वास्थ्य, सुख–समृद्धि तथा मनोकामना पूरा हुने विश्वास राख्छन्।

छठ पर्वको समापन भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर