LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

धनुषा–३ : स्वतन्त्र उम्मेदवार दिवाकर शाहप्रति जनताको विश्वास र समर्थन दिनप्रतिदिन बढ्दै

जनकपुरधाम माघ २६ :धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका दिवाकर शाहले आफ्नो उम्मेदवारी राजनीतिका लागि नभई अन्यायमा परेकी छोरी–चेलीको सुरक्षा र गाउँ–समाजमा रहेका वास्तविक समस्याको समाधानका लागि दिएको स्पष्ट पारेका छन्।

घरदैलो तथा जनसम्पर्क अभियानका क्रममा उनले शिक्षा, स्वास्थ्य, बेरोजगारी, सुरक्षा र सामाजिक न्यायका विषयमा जनतासँग प्रत्यक्ष संवाद गर्दै आएका छन्। जनताले भोगिरहेका समस्याहरू बुझेर त्यसकै आधारमा समाधान खोज्ने प्रतिबद्धता उनले व्यक्त गर्दै आएका छन्।

स्थानीय जनताका अनुसार दिवाकर शाह लामो समयदेखि पत्रकारितामा पनि निष्पक्ष र निडर भूमिकामा परिचित छन्। उनले विभिन्न सामाजिक समस्या र भ्रष्टाचारका घटनाहरूलाई कसैसँग नडराई उजागर गर्दै आएका छन्। जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएका कारण उनीप्रति विश्वास बढ्दै गएको स्थानीयहरूको भनाइ छ।

दिवाकर शाह जनतामाझ खुलेरअपिल गर्दै

भन्छन्,

यो पटक तपाईंहरूले राम्रो उम्मेदवार छान्नुहोस्। यदि म तपाईंहरूको लागि सही उम्मेदवार हुँ भने मलाई भोट दिनुहोस्, होइन भने जुन उम्मेदवार राम्रो लाग्छ, उसैलाई दिनुस्। 

उनको स्पष्ट, खुलेर बोलेको र जनमुखी भनाइले मतदातामाझ सकारात्मक सन्देश दिएको देखिन्छ। चुनाव नजिकिँदै जाँदा युवादेखि वृद्धसम्म, र विभिन्न समुदायका नागरिकहरू उत्साहका साथ दिवाकर शाहलाई समर्थन गर्दै आएका छन्।

स्थानीयस्तरमा देखिएको यो बढ्दो समर्थनले धनुषा–३ मा नयाँ आशा र भरोसाको वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर