LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

इटहरीको बुढी खोलामा चिप्लेटी खेल्न पर्यटकको भीड, बढ्दै दुर्घटनाको जोखिम

जनकपुरधाम माघ  १२ :उपमहानगरपालिका–खनारस्थित बुढी खोलामा पछिल्लो समय चिप्लेटी खेल्न जाने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी बुढी खोलाको पुल नजिकै बाँध क्षेत्रमा दैनिकजसो मानिसहरूको भीड लाग्ने गरेको देखिन्छ।

तर, खोलामा चिप्लिएर ढुंगामा ठोक्किने जोखिम बढेसँगै लडेर घाइते हुने घटनाहरू पनि बढ्न थालेका छन्। स्थानीयका अनुसार लगभग दैनिकजसो सामान्यदेखि गम्भीर प्रकृतिका चोटपटक लाग्ने घटना हुन थालेको छ, जसले यहाँको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

सामाजिक सञ्जालमा बुढी खोलामा चिप्लेटी खेल्ने र रमाइलो क्षणका भिडियोहरू भाइरल भएपछि यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो। गर्मी बढेसँगै खोलामा स्नान र मनोरञ्जनका लागि आउनेको संख्या झन् बढ्ने अनुमान गरिएको छ।

यता बुढी खोला झरना संरक्षण व्यवस्थापन समितिले यस स्थानलाई व्यवस्थित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न संरचना निर्माण तथा व्यवस्थापनका काम सुरु गरिसकेको जनाएको छ। समितिका अनुसार पर्यटकमैत्री पूर्वाधार, सरसफाइ र व्यवस्थापनमा ध्यान दिइँदैछ।

तर, खोलाको ढुंगामय र चिप्लो सतहका कारण दुर्घटनाको जोखिम उच्च रहेकाले सुरक्षाका लागि चेतनामूलक बोर्ड, सुरक्षा घेरा, उद्धार व्यवस्थापन र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ।

पर्यटन प्रवर्द्धनसँगै सुरक्षालाई प्राथमिकतामा राख्न सके बुढी खोला सुरक्षित र आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर