LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप

चन्दन रजक ,माघ ३ :मधेस प्रदेश सरकारका अर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ। मधेसी पहिचानलाई कमजोर पार्ने उद्देश्यले केही बहरूपियाहरू धोती, कुर्ता र गम्छा लगाएर जनतामाझ भ्रम फैलाउने कार्यमा सक्रिय रहेको छ।

जनकपुरधाम जेसीजको ४३औँ शाखा अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै अर्थमन्त्री यादवले मधेसी दलहरू एकताबद्ध हुन थालेपछि यस्ता षड्यन्त्रहरू सतहमा आउन थालेको उल्लेख गर्नुभयो।

मधेसी दलहरू एक हुन थालेपछि बहरूपियाहरू नयाँ शक्तिको आवरणमा मधेसविरोधी गतिविधि गर्न थालेका छन्।

 

मधेसको हक, अधिकार र पहिचानका लागि संघर्षरत शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मधेसी जनतालाई सजग र सचेत रहन आग्रह गर्नुभयो। साथै, संघीय सरकारले समयमै मधेस प्रदेशलाई स्वायत्त प्रदेशको रूपमा अधिकार सम्पन्न नबनाए गम्भीर असन्तोष सिर्जना भई विद्रोहको अवस्था समेत आउन सक्ने सम्भावनाप्रति चेतावनी दिनुभयो।

 

अर्थमन्त्री यादवले मधेसको विकास, सुशासन र समावेशी राजनीतिका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै जनताको अधिकार स्थापित गर्न कुनै पनि हालतमा पछि नहट्ने धारणा व्यक्त गर्नुभयो।

 

कार्यक्रममा जनकपुरधाम जेसीजका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले संस्थाको वार्षिक प्रगति समीक्षा गर्नुका साथै आगामी कार्यदिशा तय गरेको जनाइएको छ।

वक्ताहरूले जनकपुरधाम जेसीजले युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर