LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्

महोत्तरी, हलखोरी ,माघ २। महोत्तरी जिल्लाको एकडरा गाउँपालिका–४ हलखोरीमा मंगलबार राति करिब १२ बजे अज्ञात समूहले विजय मण्डलद्वारा सञ्चालित विजय जनरल स्टोरमा आगजनी गरेको छ।

आगलागीबाट पसलभित्र रहेका करिब ८ लाख रुपैयाँ बराबरका सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन्। परिवारको जीविकोपार्जनको एकमात्र आधार बनेको पसल खरानीमा परिणत भएपछि पीडित परिवार शोक र पीडामा डुबेको छ।

पीडितका अनुसार पसल सञ्चालन गर्न ५ लाख रुपैयाँ ऋण लिइएको थियो। बिरामी पति र ६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्—

यसैमा हामी सबैलाई नै जलाइदिएको भए राम्रो हुन्थ्यो, अब बाँच्ने आधार नै सकियो।

घटनापछि स्थानीयवासीहरू आक्रोशित बनेका छन्। उनीहरूका अनुसार यस क्षेत्रमा यस्ता घटनाहरू प्रायः नशा सेवन गर्ने केही युवाहरूको संलग्नतामा हुने गरेको आशंका छ। स्थानीयहरूले दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर