LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

बेपत्ता बसको हुनसक्ने आशंकामा सिमलतालमा सवारीको टुक्रा भेटियो

२७ पुस, काठमाडौं ।चितवनको सिमलताल क्षेत्र नजिकै बस जस्तै देखिने सवारीसाधनको टुक्रा फेला परेको छ ।

सिमलतालबाट करिब दुई सय मिटर तल पारितर्फ बसको जस्तो देखिने टुक्रा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार घटनाबारे सूचना प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ परिचालित भएको छ ।

डीएसपी खनालले भने, बस जस्तै देखिने कुनै सवारीको टुक्रा भेटिएको खबर आएको छ । इन्स्पेक्टरको टोली घटनास्थल पुग्दैछ, त्यसपछि मात्रै यकिन विवरण आउनेछ ।

यसअघि २०८१ असार २८ गते सिमलतालस्थित त्रिशूली नदीमा दुईवटा यात्रुवाहक बस खसेर बेपत्ता भएका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस दुर्घटनामा परेका थिए ।

दुर्घटनापछि केही यात्रुको शव फेला परेको भए पनि केही अझै बेपत्ता छन् । हाल देखिएको बस जस्तै सवारीको टुक्रा ती बेपत्ता बससँग सम्बन्धित हुनसक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर