LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

छिन्नमस्ताको लोखरममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

राजविराज, सप्तरी पौष २६। छिन्नमस्ता गाउँपालिका–५ स्थित स्वास्थ्य चौकी तथा प्रसूति गृह लोखरममा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

केही महिनाअघि लोखरम क्षेत्रको मुसहर बस्तीमा हैजाको प्रकोप देखिएपछि जोखिममा रहेका नागरिकलाई लक्षित गर्दै राजविराजस्थित नेपाली सेना श्री बरख गणको आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविर श्री नं. २७ फिल्ड गुल्म तथा छिन्नमस्ता गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो।

शिविरको उद्घाटन नेपाली सेना श्री बरख गणका प्रमुख सेनानी सोबित बहादुर चन्दको अध्यक्षतामा गरिएको थियो। उहाँले ग्रामीण तथा दुर्गम बस्तीका नागरिकसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो।

शिविरमार्फत स्थानीय बासिन्दालाई सामान्य ओपीडी सेवा, आँखा परीक्षण तथा उपचार, स्त्री तथा प्रसूति रोग, बालरोगसम्बन्धी उपचार सेवा प्रदान गरिएको छ। साथै आवश्यक निःशुल्क औषधि वितरणसमेत गरिएको लोखरम स्वास्थ्य चौकीका इन्चार्ज आलोक रन्जन झाले जानकारी दिनुभयो।

शिविरबाट लाभान्वित स्थानीयले गाउँमै स्वास्थ्य सेवा उपलब्ध भएपछि सहज भएको प्रतिक्रिया दिएका छन्। यसै अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सशस्त्र प्रहरी ६ नम्बर गण सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर