LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

म्यादी प्रहरी आवेदनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा भीड

महोत्तरी पुष २५ — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना प्रक्रियाअन्तर्गत आवेदन दर्ता सुरु भएसँगै जिल्ला प्रहरी कार्यालय महोत्तरी, जलेश्वरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको ठूलो भीड लागेको छ।

निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन हजार ९१२ जना म्यादी प्रहरी भर्ना गरिने भएको छ। निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति महोत्तरीले आज जारी गरेको निर्वाचन प्रहरी भर्नासम्बन्धी एकीकृत सूचनामा उक्त सङ्ख्यामा म्यादी प्रहरी भर्ना गरिने जानकारी दिइएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टका अनुसार म्यादी प्रहरीका लागि आवेदन फाराम भर्ने अवधि पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको छ। तोकिएको समयसीमाभित्र आवश्यक योग्यता पुगेका इच्छुक आवेदकहरूले आवेदन दिन सक्ने उनले जानकारी दिए।

आवेदन दर्ताका क्रममा उत्पन्न भीडलाई व्यवस्थापन गर्न तथा शान्ति–सुरक्षा कायम राख्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। म्यादी प्रहरी भर्नाप्रति विशेषगरी युवाहरूको उल्लेखनीय उत्साह देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर