LIVE NEWS
नेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागीट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयो

टिकटकबाट फैलिएको धार्मिक विवाद, मधेशभर उच्च सुरक्षा अलर्ट

जनकपुरधाम पौस १९ : टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गर्दै अभद्र टिप्पणी गरिएको विषयलाई लिएर मधेश प्रदेशमा तनावको अवस्था सिर्जना भएको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म फैलिएको छ।

धनुषा र पर्सासहित मधेश प्रदेशका आठै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। एक उच्च सुरक्षा अधिकृतका अनुसार ‘संवेदनशील परिस्थिति’लाई ध्यानमा राख्दै थप सतर्कता अपनाइएको हो।

केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाले हिन्दुस्तानको नाम उल्लेख गर्दै टिकटकमा एक भिडियो पोष्ट गरेका थिए। उक्त भिडियोले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने भन्दै स्थानीय अगुवाहरूले दुवै युवालाई प्रहरीको जिम्मा लगाएका थिए।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला उनीहरू पक्राउ गरिएको विषयलाई लिएर केही युवाहरू आक्रोशित बनेका थिए। सोही क्रममा एक मस्जिदमा आक्रमणसमेत भएको थियो। आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।
यसै घटनालाई लिएर पर्साको वीरगञ्जमा आज बिहानदेखि प्रदर्शन जारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर