LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

ढाटमा ठोक्किएर विराटनगरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

जनकपुरधाम पौस १८ : विराटनगरमा मध्यराति ढाटमा ठोक्किएर भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

शुक्रबार राति करिब १२ः५५ बजे विराटनगर महानगरपालिका–१५ स्थित ३ नम्बर ढाट नजिकको भित्री सडक खण्डमा जोगबनीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ९५८७ नम्बरको मोटरसाइकल ढाटमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाको जानकारी पाएलगत्तै इकाइ प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राई तथा प्रहरी सहायक निरीक्षक नवराज कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरी घर भई हाल कटहरीस्थित रणकाली माता कन्स्ट्रक्सनमा काम गर्ने ३० वर्षीय अनोज चौधरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको भए पनि चिकित्सकले राति १ः२२ बजे मृत घोषणा गरेका थिए।

मोटरसाइकलमा पछाडि सवार मोरङ कटहरी गाउँपालिका–५ निवासी ३० वर्षीय धर्मेन्द्र सरदारको हातखुट्टामा चोट लागी सामान्य घाइते भएका छन्।

मृतक चौधरीको शव कोशी अस्पताल विराटनगरको शवगृहमा राखिएको छ भने उनका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ। मोटरसाइकल र घाइते सरदारलाई इकाइ प्रहरी कार्यालय रानीमा ल्याई घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर