LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

महोत्तरीमा सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको मानवीय पहल, ८५ परिवारलाई न्यानो कम्बल

महोत्तरी पुष १६, । रतौली युवा क्लबले जाडोयाममा विपन्न तथा अशहाय परिवारलाई न्यानो प्रदान गर्ने उद्देश्यले कम्बल वितरण गरेको छ।

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको सहकार्य तथा पिपरा गाउँपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत पिपरा गाउँपालिका–६ स्थित रहिमानपुर टोलमा बसोबास गर्दै आएका गरिब तथा अति विपन्न समुदायका ८५ परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो।

कार्यक्रममार्फत चिसो मौसममा कठिन जीवन यापन गरिरहेका परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ। क्लवका कार्यकारी निर्देशक बैधनाथ चौधरीले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर