LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

महोत्तरीमा सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको मानवीय पहल, ८५ परिवारलाई न्यानो कम्बल

महोत्तरी पुष १६, । रतौली युवा क्लबले जाडोयाममा विपन्न तथा अशहाय परिवारलाई न्यानो प्रदान गर्ने उद्देश्यले कम्बल वितरण गरेको छ।

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको सहकार्य तथा पिपरा गाउँपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत पिपरा गाउँपालिका–६ स्थित रहिमानपुर टोलमा बसोबास गर्दै आएका गरिब तथा अति विपन्न समुदायका ८५ परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो।

कार्यक्रममार्फत चिसो मौसममा कठिन जीवन यापन गरिरहेका परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ। क्लवका कार्यकारी निर्देशक बैधनाथ चौधरीले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर