LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

जसपा–लोसपा एकीकरणको निर्णय, मधेस राजनीतिमा नयाँ मोड

काठमाडौं, पौष १३ — जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच पार्टी एकीकरण गर्ने सहमति बनेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै संघीयता, पहिचान र सामाजिक न्यायका मुद्दालाई अझ मजबुत बनाउने साझा उद्देश्यका साथ दुवै दल एक ठाउँमा आउने निर्णयमा पुगेका हुन्।

सोमबार काठमाडौंमा बसेको जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित शीर्ष नेताहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक अवस्था समग्र रूपमा समीक्षा गर्दै एकीकरणको निर्णय गरेको बताइएको छ।

बैठकले संघीयता, समानुपातिक समावेशिता, पहिचान तथा सामाजिक न्यायसँग जोडिएका उपलब्धिहरूलाई कमजोर बनाउने प्रयासहरू बढ्दै गएको निष्कर्ष निकालेको छ। यस्ता एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन एकीकृत राजनीतिक शक्तिको आवश्यकता महसुस गरिएको जनाइएको छ।

नेताहरूका अनुसार पार्टी एकीकरणले मधेस केन्द्रित राजनीतिक आन्दोलनलाई नयाँ गति दिने, संघीय संरचनालाई बलियो बनाउने र न्यायपूर्ण समाज निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। एकीकरणसम्बन्धी कार्यविधि, संगठनात्मक ढाँचा र नेतृत्व व्यवस्थापनका विषयमा आवश्यक प्रक्रिया छिट्टै अघि बढाइने जनाइएको छ।

राजनीतिक क्षेत्रका विश्लेषकहरूले यस एकीकरणलाई मधेस राजनीतिमा नयाँ दिशा दिने महत्वपूर्ण कदमका रूपमा मूल्याङ्कन गरेका छन्। यसले आगामी दिनमा राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर