LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

मटिहानीमा राष्ट्रिय वैश्य महासंघको संगठन बिस्तार २१ सदस्यीय वैश्य महासंघ नेपाल मटिहानी नगर कमिटि गठन

पुष ०५, महोत्तरी । राष्ट्रिय वैश्य महासंघ नेपालले शनिवार महोत्तरीको मटिहानी नगरपालिकामा नगर कमिटि गठन गरेको छ ।

जिल्ला अध्यक्ष कैलाश नायकको अध्यक्षता तथा राष्ट्रिय वैश्य महासंघ नेपालका अध्यक्ष विश्वनाथप्रसाद साहको प्रमुख आतिथ्यमा आयोजित बृहत भेलाले विजय साहको नेतृत्वमा २१ सदस्यीय वैश्य महासंघ नेपाल मटिहानी नगर कमिटि गठन गरेको हो ।

नवगठित कमिटिको उपाध्यक्षमा पवन कुमार साह, शोभा साह, नरेश साह रहेका छन् । महा-सचिवमा मोहन प्रसाद गुप्ता, कोषाध्यक्षमा राजेश गुप्ता चयन भएका छन् ।

सो अवसरमा पुर्व मन्त्रि भरत साह, सुरीता साह , प्रदेश सांसद अनिता साह , रमिता प्रधानलगायतको पनि उपस्थिति रहेको थियो । जातिय संगठनको सुदृढिकरण गर्ने योजना अनुसार अहिले पालिकाहरुमा कमिटि गठन गर्न थालिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर