LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

रानी शर्मा तिवारीले पुनः सम्हालिन् शिक्षा मन्त्रालयको जिम्मेवारी

जनकपुर, पुष १ । मधेश प्रदेशसभाको दोस्रो कार्यकाल चलिरहँदा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले दोस्रो पटक मधेश प्रदेश सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेकी छन्।

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँगै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित तिवारीले यसअघि सतिस सिंह नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको रूपमा काम गरेकी थिइन्। हाल उनी कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा पनि शिक्षा मन्त्रीका रूपमा सपथ ग्रहण गरेकी हुन्।

 

लगातार दुई सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनु तिवारीप्रति पार्टी र सरकारको विश्वासको संकेतका रूपमा हेरिएको छ। शिक्षा क्षेत्रका सुधार, विद्यालय व्यवस्थापन, शैक्षिक पहुँच विस्तार तथा नीतिगत कार्यान्वयनमा उनी सक्रिय रहने अपेक्षा गरिएको छ।

दोस्रो पटक मन्त्री बनेसँगै मधेश प्रदेशको शिक्षा क्षेत्रमा निरन्तरता र प्रभावकारी काम हुने आशा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर