LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवको प्रतिबद्धता—‘सरकारी कामकाज अब तीव्र र पारदर्शी’

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले पदभार ग्रहण गरेका छन्।

आइतबार पद तथा गोपनियताको सपथ लिए लगत्तै मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै उनले प्रदेशमा सुशासन कायम गर्ने र प्रदेशमातहतबाट हुने सम्पूर्ण सरकारी कामकाज छिटो र छरितो बनाउने निर्णय गरेका छन्।

सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री यादवले अहिलेको प्रदेश सरकारले स्थिरता पाउनेमा आफू विश्वस्त रहेको धारणा राखे। उनले सात दलीय गठबन्धन मजबुत रहेको बताए।

प्रतिपक्षका सांसदहरुले पनि आफूसंग सहकार्य गर्ने आशा रहेको मुख्यमन्त्री यादवको भनाई थियो। त्यस्तै, उनले मन्त्रिपरिषद् थप विस्तार चाँडै हुने जानकारी दिए।

विश्वासको मत लिनु भन्दा पहिला पनि मन्त्रिपरिषद् विस्तार हुने उनले बताए। अहिले मुख्यमन्त्री यादवसंग अर्थ मन्त्रालयबाहेकका सम्पूर्ण मन्त्रालयहरु रहेको छ

प्रतिक्रिया
सम्बन्धित खवर