LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश जनकपुरधाम नगरका सभापति ललन कुमार नायकले औपचारिक रूपमा पद र पार्टी दुवै गरे परित्याग

धनुषा, २०८३ मंसिर १० गते :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश जनकपुरधाम नगरका सभापति ललन कुमार नायकले २०८३ मंसिर १० गते औपचारिक रूपमा पद र पार्टी दुवै परित्याग गरेका छन्। आफ्नो व्यक्तिगत फेसबुक भिडियोमार्फत उनले रास्वपा नेपालभर सुदृढ हुँदै गएको भए पनि आफू जनकपुरधाम उपमहानगरपालिकाको नगर सभापति र पार्टीको साधारण सदस्य नरहने गरी आजैको मितिदेखि पार्टी त्याग गरेको घोषणा गरेका हुन्।

नायकले भिडियोमार्फत पद छाड्नुका कारणहरू सार्वजनिक गर्दै अबको राजनीतिक यात्रा स्वतन्त्र रूपमा अघि बढाउने बताएका छन्। साथै उनले धनुषा क्षेत्र नम्बर ४ का जनताहरूलाई आगामी निर्वाचनमा नेकपा एमाले, माओवादी, जसपा, कांग्रेसजस्ता ठूला दलका नेताभन्दा स्वतन्त्र र सक्षम युवालाई प्राथमिकता दिन आग्रह पनि गरेका छन्।

रास्वपाको संगठन जनकपुरधाम उपमहानगरपालिका तथा धनुषा जिल्लाभर कमजोर रहेकै समयदेखि करीब दुईदेखि डेढ वर्षअघिबाट नायक सक्रिय रूपमा संगठन विस्तारमा होमिएका थिए। यस क्रममा उनी प्रभावशाली युवा नेताका रूपमा परिचित हुँदै आएका थिए।

 

उनी आफूले पार्टीभित्र भोगेका अनुभव, संघर्ष र पछिल्ला घटनाक्रम जनसमुदायसमक्ष खुलाउँदै अबको यात्रामा स्वतन्त्र ढंगले धैर्य, पारदर्शिता र जवाफदेहिताको मोडेललाई अघि बढाउने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर