LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

सीताराम गौशालाले १११ मिटरको चुनरी जानकी मातालाई चढाएको

जनकपुरधाम , मंसिर ७  :जनकपुरधामको सीताराम गौशालाले १११ मिटरको चुनरी जानकी मातालाई चढाएको छ । सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी भारतको सुरतस्थित जिनमाता ट्रष्टले उपलब्ध गराएको हो ।

रामजानकीको तिलकभन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नु पूर्व चुनरीलाई लिएर नगर परिक्रमा गरिएको थियो । चुनरीसहित परिक्रमा भइरहेको बेला स्थानीयवासी चुनरीमाथि फूल वर्षाएका थिए ।

एकातिर जानकी माता र भगवान रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवकै रौनकता थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताए ।

सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाकोका अनुसार गत वर्ष १०८ मिटरको चुनारी चढेको थियो भने आउने वर्षमा पनि यो भन्दा लामो चुनारी माता लाइ अर्पण गर्ने बताए l
यो संगै विवाहपाँच्मीको उत्सवलाई अझै रौनक थपिएको छ

प्रतिक्रिया
सम्बन्धित खवर