LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

मौसम खराब हुँदै, महोत्तरी प्रशासनद्वारा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध

महोत्तरी, कर्तिक १३ । आगामी कार्तिक १३ देखि १५ गतेसम्म लगातार वर्षा हुने मौसम पूर्वानुमान भएकाले बाढी, डुबान तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जय कुमार पोखरेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ कि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार सबै स्थानीय तह, सुरक्षा निकाय, सरोकारवाला निकायहरू तथा नागरिकहरूले पूर्वतयारी र सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको छ।

सूचनामा उल्लेख गरिएका मुख्य सावधानीका बुँदाहरू यसप्रकार छन्:

  • १३ देखि १५ गतेसम्म भारी वर्षा हुन सक्ने भएकाले नदी, खोलानाला तथा तटबन्ध नजिक नजानु।
  • डुबान हुन सक्ने स्थान पहिचान गरी सुरक्षित ठाउँमा सर्ने तयारी गर्नु।
  • जोखिमयुक्त क्षेत्रका बासिन्दाले आवश्यक सामग्रीहरू सुरक्षित स्थानमा सार्ने।
  • जिल्ला सुरक्षा निकाय र स्थानीय तहहरू उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहनु।
  • किसानहरूले पकेका धान र अन्य बाली समयमा नै भित्र्याई क्षति हुन नदिनु।

जिल्ला प्रशासनले मौसम असामान्य बन्न सक्ने भएकाले कुनै पनि आकस्मिक घटना वा जोखिम देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन पनि अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर