LIVE NEWS
२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको मागकाठमाडौंमा ग्यासको हाहाकार : निजी उद्योगीले सिलिन्डर नपठाएको मन्त्री यादवको आरोपरसुवा बाढीपछि प्रधानमन्त्री शाहको उच्चस्तरीय सुरक्षा छलफल, राहत कोषमा झन्डै १२ अर्ब मौज्दात

प्रभु साहकै हठका कारण गाैर घटना भएको थियो फेरि त्यस्तै गर्न खाेज्दैछन् : कुन्दन कुशवाहा

रौतहट, कार्तिक १२ गते ।नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले पत्रकार सम्मेलनमार्फत माैलापुरमा पार्टीकाे निर्धारित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई योजनाबद्ध रूपमा प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् ।

उनका अनुसार एमालेले कार्तिक १३ गते माैलापुरमा हुने गरी कार्यक्रम तय गरिसकेको थियो र मञ्चबाटै त्यसबारे घोषणा समेत गरिएको थियो । तर, त्यही समयमा आम जनता पार्टीका केही नेता तथा कार्यकर्ताहरूले पनि कार्यक्रम गर्ने बताएकाे सुन्दा दुःखद लागेको उनले बताए ।
कुशवाहाले भने, “हाम्रो निर्धारित कार्यक्रमलाई प्रभावित बनाउने उद्देश्यले त्यसै समयमा अर्को पार्टीले कार्यक्रम घोषणा गर्नु कार्यकर्ता जुधाउने प्रयत्न मात्र हो । गाैरजस्ता घटना पुनः दोहोरिन सक्ने सम्भावना रहेकोले यस विषयमा एमालेले बुधबार क्षेत्रीय बैठक बसेर निर्णय गर्नेछ।”

उनले माैलापुरमा एमालेकाे कार्यक्रम गर्न नदिने, बिथोल्ने र धम्कीपूर्ण वातावरण सिर्जना गर्नु गलत र लोकतान्त्रिक मूल्यका विपरीत भएको बताए । कुशवाहाका अनुसार, “लोकतन्त्रमा सबैलाई आफ्नो विचार राख्ने स्वतन्त्रता हुन्छ, तर यस्तो घेराबन्दी र धम्कीपूर्ण शैली त राणा शासनकालमा हुने गर्थ्यो । अहिले त्यस्तो कदम चालिनु अत्यन्तै दुःखद हो।”
पत्रकार सम्मेलनमा उनले गाैर घटनाकाे जड पनि त्यस्तै प्रवृत्तिमा रहेको बताउँदै, “प्रभु साहकै हठका कारण गाैर घटना भएको चारैतिरबाट पुष्टि भइसकेको छ। एकै मञ्च र एकै समयमा जबरजस्ती कार्यक्रम गर्दा त्यस्तो दु:खद घटना भएको थियो,” भने।

कुशवाहाले थपे, “नेकपा एमाले कसैसँग डराउँदैन। हामी शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छाैं। यदि कसैले जेनजी आन्दोलनकाे नाममा घुसपैठ गरेर अशान्ति फैलाउने प्रयास गर्छ भने, उनीहरूलाई कानुनी कठघरामा उभ्याउनै पर्छ।”
अन्त्यमा उनले खुलेर भने, “माैलापुरमा एमालेकाे कार्यक्रम जसरी पनि हुन्छ। अन्तिम निर्णय पार्टीले गर्नेछ, तर कुनै धम्की वा दबाबले हामी पछि हट्ने छैनौं।”

प्रतिक्रिया
सम्बन्धित खवर