LIVE NEWS
आज चुरे वि'नाश, भोलि आउन सक्छ महा'प्र'लय ! रसुवाको वि'नाश'कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको माग

महापर्व छठको दोस्रो दिन आज ‘खरना’ पर्व श्रद्धा र भक्ति पूर्वक मनाइँदै

जनकपुरधाम ९ कार्तिक । सूर्यदेवको आराधना र उपासना गरी मनाइने महापर्व छठको दोस्रो दिन आज ‘खरना’ पर्व श्रद्धा र भक्ति पूर्वक मनाइँदैछ ।

 

आज दिनभर निराहार व्रत बसेका ब्रतालुहरूले साँझ पवित्रता र विधिपूर्वक चामल, दूध र सक्खर मिसाएर तयार गरिएको खीर पकाई प्रसादका रूपमा ग्रहण गर्दै खरना सम्पन्न गर्छन् । सो खीर घरका सदस्यहरूलाई वितरण गरिन्छ भने केही स्थानमा छठ पर्व नमान्ने घरमा पनि प्रसाद स्वरूप बाँड्ने परम्परा रहेको छ ।

 

सन्तान र परिवारको सुख–समृद्धि तथा कल्याणको कामना गर्दै चार दिनसम्म चल्ने यो पर्व हिजो शनिबार ‘नहाय-खाय’ विधिबाट प्रारम्भ भएको थियो । सो दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अरबाइन भोजन ग्रहण गरेर आगामी कठोर उपवासको तयारी गर्छन् ।

 

भोलि सोमबार छठ पर्वको तेस्रो तथा मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा अर्घ्य अर्पण गरिनेछ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यो महापर्वको विधिवत समापन गरिनेछ ।

 

छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया–कुरबार र हाँडी लगायतका सामग्री चढाइने चलन छ । ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, विभिन्न मिठाई तथा फलफूल प्रसादका रूपमा अर्पण गरिन्छ ।

 

अर्घ्य दिने ब्रतालुहरू ४८ घण्टासम्म जलसम्म नखाई कठोर व्रत बस्ने परम्परा रहँदै आएको छ । पूर्ण नियम, निष्ठा र पवित्रताको साथ मनाइने भएकाले छठलाई अत्यन्तै कठोर र श्रद्धायुक्त पर्वका रूपमा मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर