LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

१३ वर्षीया अंशु गौतम शुक्रबार जंगलभित्र मृत अवस्थामा फेला

मोरङ, कर्तिक ८— दशैंको उत्सवमय माहोलबीच हराएकी लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतम शुक्रबार जंगलभित्र मृत अवस्थामा फेला परेकी छन्। दुई साताअघि घरनजिकैबाट हराएकी अंशुको शव स्थानीयले घाँस काट्ने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मोरङ र बेलबारीको सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी सामुदायिक वनभित्र भेटिएको शव अत्यधिक कुहिएको र बीभत्स अवस्थामा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार शवको टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको थियो।

‘शव फेला परेको दृश्य निकै डर लाग्दो थियो,’ उनले भने, ‘घटनास्थलको अवस्था हेर्दा यौनजन्य हिंसा र हत्या दुवैको आशंका प्रष्ट देखिन्छ।’

घटनास्थलमा अंशुले लगाएका ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएपछि प्रहरीले बलात्कारपछि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

गत असोज २१ गते साँझ करिब ५ बजे घरनजिकैबाट हराएकी अंशु बारे परिवार र स्थानीयले लगातार खोजी गरे पनि दुई सातासम्म कुनै पत्ता लागेको थिएन। शुक्रबार दिउँसो करिब १ः३० बजेतिर स्थानीयले जंगलभित्र शव देखेपछि प्रहरी र स्थानीयको उपस्थितिमा उद्धार गरिएको हो।

लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार अंशु लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ की विद्यार्थी थिइन्। ‘उनी साधारण परिवारकी छोरी थिइन्, यस्तो निर्दयी अपराधले सिङ्गो समुदायलाई स्तब्ध बनाएको छ,’ उनले भने, ‘दोषीलाई कडा कानुनी कारबाही हुनैपर्छ।’

प्रहरीले वरपरका बासिन्दा र शंकास्पद व्यक्तिहरूसँग बयान लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

एसपी कटवालका अनुसार फरेन्सिक रिपोर्टपछि मात्र घटनाको वास्तविक कारण र अपराधको स्वरूप पुष्टि हुनेछ। प्रारम्भिक अवस्था हेर्दा मानव आक्रमणकै संकेत स्पष्ट भएको उनले बताए।

बालिका बेपत्ता भई बलात्कारपछि हत्या गरिएको आशंकाले लेटाङ र आसपासका बस्तीमा भय र आक्रोश फैलिएको छ। स्थानीयवासीले छिटोभन्दा छिटो दोषी पत्ता लगाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर