LIVE NEWS
अब लापरबाही महँगो पर्ने: सडक दुर्घटनामा कडा सजायको प्रस्तावबँदेल धपाउने प्रयास बन्यो अन्तिम यात्रा—सर्लाहीमा दर्दनाक घटनाबालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्नलमहीमा इनारमा खसेकी महिला उद्धार: प्रहरी–सेनाको सहकार्यले जोगियो ज्याननिर्माण क्षेत्रमा ‘सुनामी’, मधेसका व्यवसायीको चेतावनीहजारौं श्रद्धालुको शाही स्नान: दुधमती नदीमा लुकेको सीतामातासँग सम्बन्धित अद्भुत आस्था र विश्वास…मटिहानी, महोत्तरीको मटिहानीमा टोल विकास संस्थाहरूको प्रभावकारिता बढाउने उद्देश्यका साथ एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिरहामा अपहरणमा परेका किशोरको हत्या

सिरहा ,आशिन ७ । गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंह मृत फेला परेका छन् । अभिषेक, संजय सिंहका छोरा, आइतबार राति बेपत्ता भएका थिए भने मंगलबार बिहान घर नजिकैको आँप बगैंचामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले पुष्टि गरेको छ ।

 

प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार घटनाको अनुसन्धान सुरु भएको छ र डग टोली समेत परिचालनको तयारी गरिएको छ ।

 

परिवारका भनाइअनुसार अभिषेक आइतबार राति करिब ८ बजेतिर हराएका थिए । रातभरि खोजी गर्दा पनि फेला नपरेपछि सोमबार बिहान ८ बजेतिर आमाको मोबाइलमा अपहरण भएको र पाँच करोड रुपैयाँ फिरौती मागिएको संदेश आएको थियो । त्यसपछि परिवारले तत्कालतः प्रहरीलाई खबर गरेको थियो ।

 

हिन्दी भाषामा पठाइएको सो सन्देशमा अपहरणकारीले रकम नदिए हत्या गर्ने धम्की दिएका थिए । सन्देशमा २५ गतेभित्र पैसा दिनुपर्ने र प्रहरीलाई जानकारी गराएमा ज्यान मार्ने चेतावनी समेत दिइएको थियो । अपहरणकारीले आफूहरू बिहारबाट भएको दाबी गरे

का थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर