LIVE NEWS
समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नसेवाग्राहीहरूले अब टाढाका मालपोत कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेअस्पतालमा अनुमति बिना भिडियो खिचे वा होहल्ला गरे तुरुन्त कारबाही हुनेअब लापरबाही महँगो पर्ने: सडक दुर्घटनामा कडा सजायको प्रस्तावबँदेल धपाउने प्रयास बन्यो अन्तिम यात्रा—सर्लाहीमा दर्दनाक घटनाबालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्नलमहीमा इनारमा खसेकी महिला उद्धार: प्रहरी–सेनाको सहकार्यले जोगियो ज्यान

रेडियो सञ्चालक चौधरी सम्पर्कविहीन, फेला पार्न सहयोगको लागि अपिल

काठमाडौं, भाद्र १६ – रेडियो सरोकार एफ.एम. ९८.५ मेगाहर्जका सञ्चालक प्रवेश चौधरी शुक्रबार रातिदेखि काठमाडौंको सुकेधारास्थित निलो पुल नजिकैबाट सम्पर्कविहीन हुनुभएको छ। उहाँको खोजी कार्यका लागि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ।

 

बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ निवासी चौधरी शुक्रबार राति करिब ८ बजेपछि परिवार र साथीभाइसँग सम्पर्कमा आउनुभएको छैन। उहाँको व्यक्तिगत मोबाइल नम्बर ९८१५२०१५५६ पनि बन्द रहेको परिवारले जनाएको छ।

 

प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिँदै चौधरीको सम्भावित लोकेसन र अवस्थाबारे जानकारी संकलन गरिरहेको छ।सहयोगको लागि अपिल:

 

चौधरीको अवस्थाबारे कुनै पनि जानकारी भएमा कृपया नजिकको प्रहरी चौकीमा वा तल दिइएको नम्बरमा सम्पर्क गरिदिन परिवारले हार्दिक अनुरोध गरेको छ।

 

सम्पर्क नम्बर: +977-9821646479

प्रतिक्रिया
सम्बन्धित खवर