LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

प्रदेश वन निर्देशनालय भवनमा निर्माण व्यवसायीहरूले गरे तालाबन्दी

जनकपुरधाम, भदौ १५।जनकपुरधामस्थित मधेश प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश वन निर्देशनालय भवनमा निर्माण व्यवसायीहरूले आइतबार बिहान तालाबन्दी गरेका छन्।

 

निर्माण व्यवसायीहरूको भनाइअनुसार, भवनको उद्घाटन भएको १३ महिना बितिसक्दा पनि ठेकदारहरूलाई भुक्तानी नदिइएको कारण उनीहरू बाध्य भएर यस्तो कदम चाल्नुपरेको हो।

 

व्यवसायीहरूले आरोप लगाउँदै भनेका छन् कि सम्झौताअनुसार तोकिएको समयमा सबै निर्माण कार्य सम्पन्न गरिए पनि प्रदेश वन निर्देशनालयले अझैसम्म ठेकदारहरूको बक्यौता रकम तिर्न ढिलाइ गरेको छ। भुक्तानी नपाउँदा उनीहरू आर्थिक संकटमा परेको गुनासो निर्माण व्यवसायीहरूले गरेका छन्।

तालाबन्दीमा सहभागी एक व्यवसायीले भने

हामीले तोकिएको मापदण्ड अनुसार गुणस्तरीय भवन निर्माण सम्पन्न गर्यौं। तर उद्घाटन भएको वर्ष दिनभन्दा बढी भइसकेको छ अझै पनि रकम भुक्तानी नभएकोले हामी बाध्य भएर तालाबन्दी गर्नुपरेको हो।

 

व्यवसायीहरूले चेतावनी दिएका छन् कि यदि छिट्टै बक्यौता भुक्तानीको प्रक्रिया अघि बढाइएन भने थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर