LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

वीरगन्ज कारागारका कैदीको जिममै अचेत भई मृत्यु, अस्पताल–प्रशासनमाथि परिवारको आक्रोश

वीरगञ्ज ,श्रावण २७— पर्साको वीरगन्ज कारागारमा सजाय भोगिरहेका एक कैदीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१७ खल्वाटोलका २८ वर्षीय राहुल कुमार साह तुराहा रहेका छन्।

कर्तव्य ज्यानको मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका तुराहा २०७९ सालदेखि वीरगन्ज कारागारमा थिए। मंगलबार बिहान करिब सवा ८ बजे कारागारको जिममा शारीरिक कसरत गर्ने क्रममा उनी अचानक अचेत भएपछि प्रहरी र कारागारका स्वास्थ्यकर्मीले उनलाई नारायणी अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए।

अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, अस्पताल पुग्दा तुराहाको मुखबाट रगतसहितको फिज निस्किरहेको र रक्तचाप शून्य थियो। अवस्था अति जटिल देखिएपछि आईसीयूमा भर्ना गर्नुपर्ने भए पनि त्यतिबेला बेड खाली नभएकाले अन्य अस्पतालमा रेफरको तयारी गरिएको थियो। तर, बाटोमै मृत्यु हुने जोखिम देखिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँगको सल्लाहमा नारायणी अस्पतालमै बेड खाली गराएर आईसीयूमा भर्ना गर्ने प्रयास गरिएको र सो क्रममा बिहान साढे ९ बजे मृत्यु भएको सिंहले बताए। चिकित्सकका अनुसार मृत्युको कारण पल्मोनरी इडिमा (हार्ट फेलियर) हो।

घटनापछि मृतकका परिवारजनले अस्पताल र प्रशासनको लापरवाहीका कारण समयमै उपचार नपाउँदा मृत्यु भएको आरोप लगाएका छन्। मृतकका आफन्त जगदीश साह तुराहाले डाक्टरले रेफर गरिसकेपछि एम्बुलेन्समा राखिएको बिरामीलाई प्रहरीले सीडीओको आदेश भन्दै अन्यत्र लैजान नदिएको दाबी गरेका छन्।

तर, सीडीओ अर्यालले बिरामीलाई समयमै अस्पताल पु¥याइएको र चिकित्सकले सम्भव सबै प्रयास गरेको बताएका छन्। ‘आईसीयूमा बेड खाली गराएर तुरुन्तै उपचार सुरु गरियो, तर पहिलेदेखि नै अवस्था जटिल भएकाले बचाउन सकिएन,’ उनले भने। आफन्तसँग छलफल गरेर गुनासो सुन्न तयार रहेको पनि उनले जनाएका छन्।

अस्पतालका चिकित्सकका अनुसार यसअघि पनि वीरगन्जमै पत्रकार र सशस्त्र प्रहरीका एक एसपीको शारीरिक कसरतकै क्रममा यस्तै मृत्यु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर