LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

नदीमा एक १४ वर्षीय बालक डुबेर बेपत्ता

सिरहा,२६ साउन: सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक १४ वर्षीय बालक डुबेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सिरहाको सखुवानन्कारकटी गाउँपालिका–३ बरियारपुर निवासी शिव कुमार यादवका छोरा घनश्याम यादव रहेका छन्। आज बिहान करिब १० बजे स्थानीय उत्सवको लागि भगवानपुर गाउँपालिका–१ स्थित बलान खोलामा जल भर्न गएका बेला उनी नदीमा डुबेर हराएका हुन्।

सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले बालकको खोजी कार्य जारी राखेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर