LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

ब्रा भित्र लुकाएर कोकिन तस्करी, ब्राजिलियन युवती विमानस्थलबाट समातिए

जनकपुर श्रावन २३ :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध कोकिन तस्करीको प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरो (NCB) को टोलीले विमानस्थलमा निगरानीका क्रममा २१ वर्षीया ब्राजिलियन नागरिक इमिली मिकाएले सान्तोष फेरेरालाई पक्राउ गरेको हो।

ब्राजिलबाट कतार हुँदै नेपाल आएकी फेरेरा भुटान जान लागेको अवस्थामा विमानस्थलको प्रस्थान कक्षबाट समातिएकी हुन्। उनको चेकजाँच गर्दा स्वेटरको ब्राभित्र कण्डममा भरेर लुकाएको १ केजी ९५० ग्राम कोकिन फेला परेको ब्युरोले जनाएको छ।

प्रहरीले फेरेराविरुद्ध लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान अगाडि बढाएको छ। यस घटनालाई अन्तर्राष्ट्रिय लागू औषध तस्करी सञ्जालसँग जोडिएको आशंका गरिएकोले विस्तृत अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको

छ।

प्रतिक्रिया
सम्बन्धित खवर