LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको सहयोगमा वडा स्तरीय बालभेला सम्पन्न

महोत्तरी ,श्रावण २१— जलेश्वर नगरपालिका–१० लाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी स्वरूप वडास्तरीय बालभेला सम्पन्न गरिएको छ। वडाको आयोजनामा रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको सहयोगमा श्रावण २१ गते आयोजना गरिएको भेलामा समुदायको सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रममा बालविवाहको कारण, प्रभाव र रोकथामका उपायमाथि छलफल गरिनुका साथै विद्यालय र समुदायमा निरन्तर सचेतनामूलक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।

वडा अध्यक्ष बिकाउदास खतबनियाको अध्यक्षतामा सम्पन्न भेलामा जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार शाह प्रमुख अतिथि थिए। कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय विद्यालयका विद्यार्थी, अभिभावक, महिला समूह, पत्रकार, प्रहरी प्रशासन र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका उद्घोषक रोशन चौधरी रहेका थिए। भेलापछि जारी गरिएको विज्ञप्तिमा २० वर्षभन्दा कम उमेरमा हुने विवाह मुलुकी अपराध संहिता २०७५ अनुसार कानुनी अपराध भएको र यसमा संलग्न व्यक्तिलाई कैद तथा जरिवानाको सजाय हुने उल्लेख गरिएको छ।

साथै, सामाजिक परम्परा, गरिबी र चेतनाको अभावका कारण मधेश प्रदेशमा अझै पनि बालविवाहको दर उच्च रहेको भन्दै समुदायस्तरमै सचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

वडाले विद्यालयस्तरीय निबन्ध, वक्तृत्वकला, चित्रकला, नाटक, गीत–संगीत प्रतियोगिता, घरदैलो कार्यक्रम तथा सामुदायिक सभामार्फत सचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ।

वडा अध्यक्ष खतबनियाले जलेश्वर–१० लाई छिट्टै बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर