LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

गाउँपालिका अध्यक्षमाथि पत्रकारका बुवालाई ज्यान मार्ने धम्की दिएको आरोप

सिरहा, साउन ०७: सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरिएको छ। गाउँपालिकामा भएको पाइप चोरी प्रकरणबारे रिपोर्टिङ गरेकै कारण ‘सजिलो पोस्ट’का पत्रकार रौनक यादवका बुवालाई दुर्व्यवहार गरिएको आरोप लागेको हो।

पत्रकार यादवका अनुसार, पाइप चोरीको विषयमा समाचार लेखेपछि अध्यक्ष यादवको प्रत्यक्ष निर्देशनमा उनका बुवालाई ज्यान मार्ने धम्की दिइएको छ। यस घटनापछि उनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यस विषयमा थप जानकारीका लागि गाउँपालिका अध्यक्ष यादवसँग सम्पर्क गर्न खोज्दा सम्भव हुन सकेन। घटनाको वास्तविकता पत्ता लगाउन र दोषीमाथि कारबाही गर्न प्रहरी प्रशासनले उचित कदम चाल्नुपर्ने माग उठेको छ।

पत्रकारमाथि धम्की: चोरीको खबर देखाएपछि मञ्चबाटै धम्की, प्रहरी अगाडि गालीगलौज

अस्ति राति करिब ११ बजे पत्रकार रौनक यादवले भगवापुर–३ मा पाइप चोरी भइरहेको प्रत्यक्ष प्रसारण (लाइभ) मार्फत सार्वजनिक गरेका थिए। उक्त भिडियोमा स्पष्ट रूपमा देखिन्छ कि स्थानिय अरुण यादव पाइप चोर्दै थिए।

तर, घटनापछि दोषीमाथि कुनै कारबाही नभई उल्टै पत्रकारमाथि नै धम्की र दवाब सिर्जना भएको छ। स्थानिय स्तरमा आयोजना गरिएको ‘नीति तथा कार्यक्रम’ को मञ्चबाटै उग्नारायण यादवले पत्रकार रौनक यादवलाई सार्वजनिकरूपमा धम्की दिएका भिडियोहरू समेत सार्वजनिक भइसकेका छन्।

यति मात्र होइन, पत्रकार रौनक यादवका बुबा जब Labour गर्न गएको थियो त्यतिबेला एक स्थानीय पसलमा अरुण यादवले गालीगलौज गर्दै भने,
“तिम्रो छोरोले रिपोर्टिङ किन गर्‍यो? तँलाई पनि नसङ्घार्दिन्छु, अनि तेरो छोरालाई पनि!”
उनले रौनक यादवका बुबामाथि अश्लील भाषा प्रयोग गर्दै ज्यानसम्म मार्ने धम्कीसमेत दिए।

अझ गम्भीर कुरा त के छ भने, जब रौनक यादवका बुबा घर मा थिए, त्यतिबेला चौकी इञ्चार्ज (सई)को प्रत्यक्ष उपस्थितिमा नै अरुण यादव र उनका बुबा दोरिक प्रसाद *यादवले* पत्रकारका बुबालाई साइकल रोकेर भन्छ
“छातीको हड्डी नै भाँचिदिन्छु।”

प्रतिक्रिया
सम्बन्धित खवर