LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरको होटलमा युवकको हत्या, युवती पक्राउ

जनकपुरधाम साउन ०५— महोत्तरीको महोत्तरी गाउँपालिका–१, पर्साका ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा धनुषा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ।

शनिबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ स्थित होटल एसपी एण्ड गेष्टहाउसमा यादवमाथि छुरा प्रहारपछि उनलाई एक तल्लाबाट खसालिएको थियो।

हत्या आरोपमा महोत्तरीकै बलवा नगरपालिकाकी २२ वर्षीया जुली झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए। झालाई महोत्तरीको परोलस्थानबाट पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार, आर्थिक लेनदेन र विवाहेत्तर सम्बन्धका कारण घटना घटेको खुल्न आएको छ।

प्रहरीका अनुसार झाले यादवमाथि छुरा प्रहार गरेपछि उनलाई होटलको पहिलो तलाबाट भुइँमा खसालेकी थिइन्। गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिए पनि आइतबार बिहान ७:४५ बजे उनको मृत्यु भएको थियो।

घटनास्थलको सीसीटीभी फुटेजमा राति करिब १० बजे यादव होटलमा प्रवेश गरेको देखिन्छ भने बिहान ३:५० बजे रगताम्य अवस्थामा उनी भुइँमा खसेको दृश्य स्पष्ट छ। केही समयपछि अभियुक्त झा सीढी हुँदै तल झरेर फरार भएको दृश्य पनि फुटेजमा कैद भएको प्रहरीले जनाएको छ।

हाल झालाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर