LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

पूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकता

काठमाडौं ,असार ३१ । पूर्वाञ्चल विश्वविद्यालयको ४१ औं सभा बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्रले प्रस्तुत गरेको वार्षिक आय–व्यय विवरण पारित भएको हो।

बैठकले उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि अनुमोदन गरेको छ। विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसँगै एमबिबिएस कार्यक्रम सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखेको छ। प्रधानमन्त्री ओलीको पहलमा नयाँ आर्थिक वर्ष सुरु हुनु अघि नै विश्वविद्यालयहरूको सभा बैठकमार्फत बजेट पारित गर्ने काम जारी छ।

प्रतिक्रिया
सम्बन्धित खवर