LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

वीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालन

वीरगञ्ज असार ३२— वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा सक्रिय भएको छ। प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रहरू आज प्रभावित क्षेत्रमा पठाइएको छ।

मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार विहान वारुणयन्त्रहरू प्रभावित क्षेत्रतर्फ पठाउँदै खानेपानी समस्या समाधानमा प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताए। एक वटा वारुणयन्त्रले ५ हजार लिटर क्षमता बोकेको छ, जसअनुसार ८ वटा वारुणयन्त्रमार्फत एकपटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गरिनेछ।

यी वारुणयन्त्रहरू २४ घण्टा परिचालित रहने छन् भने यसको व्यवस्थापन प्रदेश सरकारले गर्नेछ र सञ्चालन नेपाली सेनाले गर्नेछ। यसअघि प्रदेश सरकारले वन कार्यालयका तीन वटा ट्याङ्कर परिचालन गरिसकेको छ। साथै, नेपाली सेनाबाट ७ वटा ट्याङ्कर र एउटा अतिरिक्त वारुणयन्त्र समेत पठाउने तयारी गरिएको छ।

सुक्खा र पानीको संकटले प्रभावित भएका नागरिकको समस्या समाधानका लागि प्रदेश सरकारले संघीय सरकार, स्थानीय तह र दातृ निकायसँग समन्वय गरी साधनस्रोतको अधिकतम उपयोग गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर