LIVE NEWS
बुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्योलुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले लिए शपथके गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरण

सर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते

सर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच जना घाइते भएका छन्। ईश्वरपुर नगरपालिका–१२ र १३ को सीमास्थित बाँके नजिकको रेल्वे ट्रयाकमा आज बिहान पौने ११ बजे दुर्घटना भएको हो।

प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च ६५ नम्बरको पिकअप ठोक्किएपछि दुबै सवारीसाधनमा आगलागीसमेत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मोटरसाइकल पूर्णरूपमा जलेको छ भने पिकअपको अगाडिको भाग जलेको छ।

घाइतेमध्ये मोटरसाइकल चालक ईश्वरपुर–१५ का २३ वर्षीय चन्द्रदेव धामी र पछाडि सवार २२ वर्षीय प्रशेस चौधरी तथा २१ वर्षीय अमित चौधरी रहेका छन्। चन्द्रदेव नेपाली सेनाको भगवती दल गण, ईटहरीमा कार्यरत सिपाही हुन् भने प्रशेस पनि नेपाली सेनामा कार्यरत रही हाल बुटवलको मध्य पश्चिम पृतनामा काजमा छन्। आगलागीमा चन्द्रदेवको करिब ८५ प्रतिशत शरीर भाग जलेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, पिकअप चालक हरिवन नगरपालिका–३ डाबरी टोलका ४० वर्षीय रामएकबाल महतो र पिकअपमा सवार हरिवन–२ का ६५ वर्षीय लेखनाथ उपाध्याय पनि घाइते भएका छन्।

सबै घाइतेहरुको उपचार लालबन्दीस्थित मोडल अस्पतालमा भइरहेको छ। दुबै सवारीसाधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर