LIVE NEWS
'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियो

पत्रकार साहमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही माग

जनकपुरधाम, असार २६ । महोत्तरीस्थित पूर्वाधार विकास कार्यालयको परिसरभित्र समाचार संकलनका क्रममा  HTP खबर का पत्रकार दिवाकर साहमाथि दुर्व्यवहार भएको घटनाले नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको गम्भीर ध्यानाकर्षण गराएको छ।

असार २३ गते राति कार्यालय क्षेत्रमा गतिविधि भइरहेको सूचना पाएपछि रिपोर्टिङका लागि पुगेका पत्रकार साहमाथि केही व्यक्तिहरूले अभद्र व्यवहार गर्दै समाचार संकलनमा अवरोध गरेको भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिद्वारा जारी विज्ञप्तिमा घटनालाई प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप र लोकतान्त्रिक मूल्य–मान्यताको गम्भीर उल्लंघनको संज्ञा दिइएको छ।

“पत्रकारलाई समाचार संकलनका क्रममा धम्की दिनु र अवरोध गर्नु प्रेस स्वतन्त्रतामाथिको सीधा आक्रमण हो,” विज्ञप्तिमा उल्लेख छ।

महासंघले उक्त घटनामा संलग्न व्यक्तिहरूलाई छानबिन गरी कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा कुनै सम्झौता नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, प्रेस विरोधी गतिविधिविरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत महासंघले दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर