LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

बंगलादेशमा प्रहरी एसोसिएशनले “हडताल” घोषणा गर्‍यो

साउन २२, जनकपुरधाम। बंगलादेशको प्रहरी एसोसिएशनले सुरक्षा चुनौती रहेको भन्दै प्रहरी अधिकारीहरूले हडताल गर्ने घोषणा गरेको बिबिसीले जनाएको छ।

‘हरेक प्रहरी अधिकारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्मका लागि हामीले हडतालको घोषणा गरेका छौं,’ बंगलादेश पुलिस सर्भिस एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विद्यार्थी आन्दोलनको क्रममा सोमबारमात्रै कम्तीमा ४५० प्रहरी चौकीमा आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ। झडपमा प्रहरी अधिकारीसमेत मारिएका छन्।

मंगलबार ढाकामा सवारीसाधनहरू चल्न थालेको भए पनि सडकमा ट्राफिक प्रहरीहरू नदेखिएको बिबिसी बंगलाले जनाएको छ।

बंगलादेश प्रहरीका एडिसनल इन्स्पेक्टर जनरल सोहेल राननाले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरी अधिकारी र प्रहरी चौकीहरूमा क्षति नपुर्‍याउन अनुरोध गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर