LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

बोराभित्र पोको पारेर फालेको अवस्थामा नवजात शिशुको शव फेला

सर्लाही , कार्तिक १५ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका ६, स्थित फूलजोर खोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ ।

बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगञ्जतर्फ निस्कने सडकको खोला किनारमा बोराभित्र पोको पारेर फालेको अवस्थामा नवजात शिशु (छोरी) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान फोहोर (कवाडी) संकलन गर्ने बालबालिकाले बोराभित्र शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

नवजात शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर