LIVE NEWS
आज चुरे वि'नाश, भोलि आउन सक्छ महा'प्र'लय ! रसुवाको वि'नाश'कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको माग

सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , एक युवती घाइते

सिरहा, कार्तिक १५ गते ।  सिरहामा विङ्गरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–७ मा सोमबार विङ्गरको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छिन् ।

मोटरसाइकल चालक गोलबजार नगरपालिका–१२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डलको मृत्यु भएको हो । उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा उनको मृत्यु भएको हो ।

यस्तै, घाइते भएकी मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय पार्वती देवी मण्डलको मेट्रो हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश २–०१–००१ प ३९ ८२ नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले सोमबार साँझ सवा ६ बजे ठक्‍कर दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर