LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

पटकपटक अनुरोध गर्दापनि अटेरी गर्नु, शिक्षिका झा आफू माथि दुर्ववहार भएको भन्दै न्यायको खोजीमा ।

टुडेवाणी,डेस्क,असार २,जनकपुरधाम:
धनुषा जिल्लाको औरही गाउँपालिकाका वडा नम्बर २ स्थित श्री मा.वि. परवाहा देउरी बिधालयमा स्थानीय तहमा निर्वाचित नब जनप्रतिनिधि लाई स्वागत तथा सम्मान कार्यक्रम राखेका थिए ।स्वागत तथा सम्मान कार्यक्रममा स्थानीय गाउँ पालिका अध्यक्ष उमा शंकर प्रसाद साहले माईक खोस्दै गरेको भिडियो शुक्रबार भाइरल सार्वजनिक भएको थियोे,भिडियो एक मिनेट सात सिकेण्ड्को रहेको छ ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष साहले आफ्नो तर्फबाट गत सोमबार जेठ ३० गते घटना प्रति प्रेस विज्ञप्ती जारी गरेका छन् । सो विज्ञप्तीमा कार्यक्रम संचालक नवल किशोर यादवले बिधालयमा कार्यरत शिक्षिका प्रतिभा झालाई स्वागत मन्तव्य राख्न छोटो समय दिएको पश्चात् शिक्षिकाले कार्यक्रमको बिषय वस्तु भन्दा बाहिर रहेर शुरु देखि नै आफ्नो अनावश्यक कुरा राखिरहेको अवस्थामा त्यस् बिधालयको शिक्षक जितेन्द्र यादव, कार्यक्रम संचालक नवल किशोर यादव, पुर्व बिधालय व्यवस्थापक समितिका अध्यक्ष दिनेश यादव र प्रधानाध्यापक शशि कुमार शिंहले शिक्षिका प्रतिभा झालाई बिषय बस्तु भन्दा बाहिर नजान पटकपटक समय कम छ ” , आफ्नो मन्तव्य छोटोमा राख्न अनुरोध आग्रह गरेपनि कसैको वास्ता नगरी अमर्यादित उग्र शैलीमा प्रस्तुत हुनु खोजिएकोले गाउँपालिका अध्यक्ष समेतले मन्तव्य रोक्नु आग्रह गर्दा पनि वेवास्ता गरिरहेकाले अन्तमा माइक राख्न अनुरोध गरिरहेको सम्बन्धि भिडियो स्पष्ट रहेको उल्लेख गरिएको छ । साथै, शिक्षिका झाले देखाएको व्यहवार हेर्दा कुनै किसिमको दुर्ववहार नभएको र नगरेको प्रष्ट पार्दै उनले बताए ।

प्रधानाध्यापक सिंहका अनुसार, स्वागत तथा बिदाई कार्यक्रमा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षलाई बोलाएको र मंच आशिनहरुले हामी पनि कार्यक्रम बोल्ने भनेपछि शिक्षिका समेत बोल्ने माग गरेका थिए । अनि हामीले मौका दिएको र उनी बोल्ने क्रममय सुरु देखि दुर्ववहार गर्दै आएको उनले बताए । साथै, “शिक्षिका झाले सम्बोधन गर्ने क्रममा आदरलाई आदर र अनआदरलाई अनआदर गर्ने बाट सुरुआत गरे र चुनाव कसरी जितिन्छ भने बाहिरको प्रसंगमा गएर उनी भाष्ण गर्न थालीन शिक्षक जितेन्द्र यादवले बताए ।

 

यता, म माथि दुर्ववहार गरेको भन्दै जिल्ला प्रशासन कार्यलय धनुषामा मंगलबार जेठ ३१ गते झाले उजुरी दर्ता समेत गराएका छन् । ” मैले बारम्बार अनुरोध गरे पश्चात् २ मिनेटको लागि मौका पाएँ र बोल्दा ” गाउँपालिकाको अध्यक्ष हाम्रो अभिभावक भएकोले आगामी दिनमा विगतका कमी कमजोरीमा सुधार गरि मैत्री पुर्ण वातावरणमा शिक्षण संचालनको धारण व्यक्त गर्दा प्रधानाध्यापक शशि कुमार सिंहको मिलोमतोमा अध्यक्ष साहले मंचमा म माथि जबर्जस्ती मेरो हात तानी चुरा समेत दाहिने हातको फुटाएर मैक समेत खोसी तँ मैक राख र तँ यहाँबाट जा भन्ने शब्दको बारम्बार प्रयोग गरि म माथि अत्याचार र अभद्र व्यवहार गरेको ” भने उनले सो पत्रमा उल्लेख गरेको छ । साथै, उनी अब दुर्ववहारको मुद्दा दर्ता गराउन लागेको बताएकि छिन ।

यद्यपि, बिधालयले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बिदाई कार्यक्रमको लागि बोलाएको थियो । तर, शिक्षिका झाले बाहिरको बिषय बस्तुमा गएर बोल्न थाल्दा जनगुनासो खेप्नुपरेको बुझन सकिन्छ ।

( यसर्थ समाजमा जुनसुकै घटनामा पुरुष जोडिदाँ दोषी महिला पीडित नै मानिन्ने गर्छ र घटनाको निष्पक्ष रूपमा छानबिन गर्दा सत्य बाहिरिन्छ । के सबै पुरुष दोषी हुन्छ र नारी सबै निर्दोष ? आफ्नो प्रतिक्रिया ” in-box” मा राख्नु होला, हस् धन्यवाद !! )

प्रतिक्रिया
सम्बन्धित खवर