LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

आफ्नै छोरीलाई जबर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले लमजुङको राइनासबाट एकजना अधबैंसेलाई पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार एकजना ४५ वर्षीय अधबैंसेले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जवर्जस्ती करणी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख निरिक्षक जगदिश रेग्मीका अनुसार किशोरी नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बुवालाई पक्राउ गरिएको हो ।आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका ती अधबैंसेलाई लमजुङ जिल्ला अदालतबाट सोमबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको इन्पसेक्टर रेग्मीले बताए । उनका अनुसार पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण गरिएको र छोरीलाई आमाको जिम्मा लगाएर पठाइएको छ ।

प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनाव वरपर र चुनावपछि समेत गरी ती अधबैंसेले छोरीलाई ३ पटक करणी गरेको प्रारम्भिक बयान छोरीले दिएकी छन् । प्रारम्भिक बयानकै क्रममा ती अधबैंसेले २ पटकसम्म करणी गरेको स्वीकार गरेका अनुसन्धानमा खटिएका प्रहरीले बताएको छ । ‘हामीले अदालतमा म्याद थप गरी अनुसन्धान थालेका छौं । घटनाको प्रकृति हेर्दा जवर्जस्ती करणी भएको प्रमाण र आधारहरु देखिएका छन्,’ प्रहरीले भन्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर