LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

रौतहटको फतुवा नगरपालिका वडा नं ४ टेंग्राहाका निर्वाचित वडा अध्यक्ष यादवले पदभार ग्रहण

रुपेश यादव
जेठ १६ गते

रौतहटको फतुवा नगरपालिका वडा नं ४ टेंग्राहाका निर्वाचित वडा अध्यक्ष सतिश कुमार यादव (गौरब)ले  पदभार ग्रहण गरेका छन

  • नवनिर्वाचित नगर प्रमुख गोपाल राय यादवबाट पद तथा गोपनियताको सपथग्रहण गरेलग्त्तै सोमबार वडा अध्यक्ष यादवले वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।

    नेपाली काङ्ग्रेस पार्टीबाट निर्वाचित वडा अध्यक्ष यादवले आजदेखी पाँच वर्षको लागि टेंग्राहा गाँउ हाक्ने जिम्मेवारी सम्हालेका हुन । कार्यभार सम्हाल्न वडा कार्यालय पुगेका यादवलाई कर्मचारी, जनप्रतिनिधि र स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।

    वडा अध्यक्षको कार्यभार सम्हाल्दै यादवले आउँदो पाँच वर्षभित्रमा वडा नं४ लाई एउटा नमुना वडा बनाउने उदघोष गरेका हुन ।

    गाउँलाई सुखी, समृद्ध र विकसित बनाउन आफु कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाए ।

    जनताको चाहना र भावना अनुसारको काम गरी गाउँलाई जिल्लामा मात्र नभई देशमै चिनाउने गरी विकास निर्माण लगाएतको कार्य गर्ने उनले बताए ।

    आफु जनताको मालिक नबनी सेवक बनेर जनताको चाहना अनुसारको काम गर्नबाट कहिल्यै पछि नहटने उनले उदघोष गरे ।

    सो कार्यक्रम मा यादवले वडा कार्यालय बाट केही सुबिधा नि शुलक गर्नेछौं समेत सार्वजनिक समेत गरे।

    १. मालपोत फ्री ।

    २.असहाय जेहेन्दार विद्यार्थी को लागि पढाई मा सहयोग ।

    ३. मा बि बाट १०+२ को वयवस्था गरिने छु।

    ४.स्वास्थ चौकीमा डाक्टरको व्यवस्थापन गरिने छु ।

    ५.वडा कार्यालय मा एम्बुलेन्स को व्यवस्था र जान्ता को शुख दुख मा साथमा रहने प्रतिवध्ता समेत गरे ।

कार्यक्रम मा सबै वडा नं ४ सवै वडा सदस्य

  • गाउँका

  • भद्रभलाद्मी सो वडाका कर्मचारी, प्रहरी ,संचारकर्मी लगाएत हजारौं को उपस्थित रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर