LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

रौतहट प्रमुख अधिकारी शाहीले विवादका कारण जिल्लाको पाँच ठाउँमा मतदान स्थगित

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

दिपेश कुमार शाह /रौतहट /३०गते

रौतहटको पाँच ठाउँमा मतदान स्थगित भएका छन । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले विवादका कारण जिल्लाको पाँच ठाउँमा मतदान स्थगित भएको र सबै ठाउँमा विवाद सल्टाउने तयारी भइरहेको बताएका छन्।

फतुवा विजयपुर नगरपालिका ७ मा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको मतदान केन्द्रमा विवादका कारण मतदान स्थगित भएको छ। यसैगरी गढीमाई नगरपालिकाको वडा नम्बर ३ र ६ मा उग्र विवादपछि भएको झडपका कारण स्थगित मतदान अझै सुचारु हुन सकेको छैन।

पुनः मतदानको लागि सहमतिको प्रयास भइरहेको गढीमाई नगरपालिकाका निर्वाचन अधिकृत रामानन्द प्रसाद अधिकारीले जनाएका छन्। यसैगरी यमुनामाई १ मा पनि विवादका कारण मतदान स्थगित भएको छ।

रौतहटकै बौद्धिमाई नगरपालिका २ इनरबारीमा पनि मतदान स्थगित भएको छ। जिल्लाको अन्य ठाउँमा पनि मतदानको क्रममा सामान्य विवाद र तनाव हुँदै मतदान भइरहेको छ। अहिलेसम्म जिल्लामा करिब ४५ प्रतिशत मतदान भइसकेको स्रोतको दाबी छ।

प्रतिक्रिया
सम्बन्धित खवर