LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

सोमिया पोखरेल र खेसारी लाल यादवको ‘हरदी लागे जानके’ गीत युटुबमा ट्रेन्डिङग

जनकपुरधाम । टिकटकमा नाच्दै आएकी वीरगँजकी सोमिया पोखरेल बिहारी सिने जगतका अभिनेता खेसारी लाल यादवसँगको म्यूजिक भिडियोमा देखिएकी छन् ।

रौतहटको मौलापुरको कार्यक्रममा खेसारी लाल यादव आउँदा त्यसको दुई दिन अघि नै खेसारी लाल यादवको टयाटु हातमा बनाएर चर्चामा आएकी सोमिया पोखरेले खेसारीलाल यादवसँग म्यूजिक भिडियोमा देखिएकी हुन् ।

मौलापुरमा खेसारी लाल यादवको टयाटु देखाउँदै आफू सबभन्दा ठुलो फ्यान भएको बताउँदै उनले खेसारीलाल यादवलाई प्रभावमा पारेकी थिइन् । सोही समयमा खेसारीलाले आफूसँग काम गर्ने अवसर दिने घोषणा गरेका थिए ।

खेसारी लाल यादव र सोमिया पोखरेलको “हरदी लागे जानके” बोलको गीत यतिबेला युटुब प्लेटफर्ममा चर्चामा आएको छ । करिब ५ घण्टाको अन्तरालमै करिब १० लाख पटक हेरिएपछि ट्रेन्डिङगमा गएको छ ।

खेसारी लाल यादवको आफ्नै स्वरमा बनाइएको सो गीत अहिले युटुबको २३ नम्बर ट्रेन्डिङगमा रहेको छ ।

सोमिया पोखरेलले आफ्नो हातमै खेसारीलाल यादवको टयाटु घोपाएपछि बाध्य भएका खेसारी लाल यादवले उनलाई म्युजिक भिडियोमा अभिनय दिएको हो ।

टिकटक सहित समाजिक सँजालमा आफ्नो श्रीमानको सट्टा खेसारी लाल यादवको टयाटु लगाएको भन्दै हाम्रो सँस्कार रितिरिवाजमा यसलाई गलत अर्थ लगाउने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर