LIVE NEWS
२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको मागकाठमाडौंमा ग्यासको हाहाकार : निजी उद्योगीले सिलिन्डर नपठाएको मन्त्री यादवको आरोपरसुवा बाढीपछि प्रधानमन्त्री शाहको उच्चस्तरीय सुरक्षा छलफल, राहत कोषमा झन्डै १२ अर्ब मौज्दात

अफगानिस्तानमा बम विस्फोटमा परी १६ जनाको मृत्यु, ३२ जनाको अवस्था गम्भीर

एजेन्सी । अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्युभएको छ ।

बाल्ख प्रान्तको मजार–इ–शरीफमा रहेको एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको मृत्युभएको छ । तालिबान सरकारका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले विस्फोटमा परी घाइते भएका ३२ जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

कुन्दुजमा भएको अर्को हमलामा चार जनाले ज्यान गुमाएका छन्। त्यहाँ १८ जना घाइते भएको रोयटर्सले जनाएको छ ।

पछिल्लो बम आक्रमणको जिम्मा अफगानिस्तानको इस्लामिक स्टेट समूह आईएसआईएसले लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर