LIVE NEWS
२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको मागकाठमाडौंमा ग्यासको हाहाकार : निजी उद्योगीले सिलिन्डर नपठाएको मन्त्री यादवको आरोपरसुवा बाढीपछि प्रधानमन्त्री शाहको उच्चस्तरीय सुरक्षा छलफल, राहत कोषमा झन्डै १२ अर्ब मौज्दात

अक्सिजन प्लान्ट विस्फोटमा २ को मृत्यु

काठमाडौँ : ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रको सगरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान १० बजे अक्सिजन सिलिन्डर विस्फोट हुँदा प्लान्टमा कार्यरत भारत पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाँउका ४५ बृज महतो र भारत घर भई ललितपुर महानगर–१८ बस्ने २५ वर्षीय राजकुमार महतो मृत्यु भएको हो । बृजको घटनास्थलमै र राजकुमारको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए ।

अक्सिजन सिलिन्डर विस्फोटबाट ६ जना घाइते भएका छन् । घाइते हुनेमा पर्सा घर भई लुभु चागाथली बस्ने ४३ वर्षीय रमेश अधिकारी, ललितपुर महालक्ष्मी नगरपालिका–८ की ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका–९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका–५ चन्दनपुरका २२ वर्षीय ईश्वर बजगाईं, ओखलढुंगा घर भई ललितपरपुर महानगर–१५ महालक्ष्मी बस्ने २० वर्षीया अञ्जना पौडेल र चन्द्रागिरि नगरपालिका–२ दहचोकका ४९ वर्षीय गंगा शर्मा छन् । घाइते सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको एसपी शाहले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अक्सिजन प्लान्ट विस्फोटको विषयमा छानबिन समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।

उक्त समितिलाई छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ । उक्त घटनामा मृत्यु भएकाका परिवारलाई तत्काल राहत र घाइतेहरूको उपचार खर्च नेपाल सरकारबाट उपलब्ध गराउनेसमेत जनाएको छ ।

अक्सिजन प्लान्ट विस्फोट स्थलको अवलोकन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अक्सिजन आपूर्ति गर्ने निकायलाई अक्सिजन ग्यासको सहज व्यवस्था मिलाउन ग्यास उत्पादक संघलाई निर्देशन दिएका छन् । घटनाबारे ललितपुर प्रहरीले डीएसपीको नेतृत्वमा समिति गठन गरेर अनुसन्धानको थालनी गरेको एसपी शाहले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर