LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सलमान जेठ १२ मा आउने

काठमाडौं । बलिउड अभिनेता सलमान खानको ‘द ब्याङ टुर रिलोडेड’ आगामी जेठ १४ गते हुँदैछ । कार्यक्रमका लागि सलमानसहितको टिम जेठ १२ गते काठमाडौं ओर्लिने भएका छन् ।

कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमान १२ गते बेलुका त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी होटल पुग्नेछन् ।

भोलिपल्टका लागि उनको व्यस्त ‘सेड्युल’ छ । १३ गते बिहानै उनले उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग ब्रेकफास्ट मिटिङ गर्ने तालिका छ । त्यसलगत्तै सलमान सगरमाथा माउण्टेन फ्लाइटमा जानेछन् । मौसमले साथ दिएमा उनी लुक्लासम्म जाने जनाइएको छ ।

माउण्टेन फ्लाइटबाट साँझ काठमाडौं फर्किएर आराम गर्ने र बेलुका उद्योगी–व्यवसायीसँग भेट गर्ने सलमानको तालिका छ । त्यसपछि उनले भोलिपल्ट अर्थात् जेठ १४ गते दशरथ रंगशालामा हुने कार्यक्रमका लागि तयारी गर्नेछन् ।

कार्यक्रमका लागि सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाण्डेज, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा, आयुष शर्मा लगायत भारतीय कलाकार नेपाल आउँदैछन् । कार्यक्रममा गायक शिव परियार, सुशान्त केसी, गायिका सुबानी मोक्तानलगायतले सांगीतिक प्रस्तुति दिनेछन् भने अभिनेत्रीहरु माला लिम्बू र मुना गौचनले नृत्य प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर