LIVE NEWS
अस्पतालमा अनुमति बिना भिडियो खिचे वा होहल्ला गरे तुरुन्त कारबाही हुनेअब लापरबाही महँगो पर्ने: सडक दुर्घटनामा कडा सजायको प्रस्तावबँदेल धपाउने प्रयास बन्यो अन्तिम यात्रा—सर्लाहीमा दर्दनाक घटनाबालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्नलमहीमा इनारमा खसेकी महिला उद्धार: प्रहरी–सेनाको सहकार्यले जोगियो ज्याननिर्माण क्षेत्रमा ‘सुनामी’, मधेसका व्यवसायीको चेतावनीहजारौं श्रद्धालुको शाही स्नान: दुधमती नदीमा लुकेको सीतामातासँग सम्बन्धित अद्भुत आस्था र विश्वास…

सलमान जेठ १२ मा आउने

काठमाडौं । बलिउड अभिनेता सलमान खानको ‘द ब्याङ टुर रिलोडेड’ आगामी जेठ १४ गते हुँदैछ । कार्यक्रमका लागि सलमानसहितको टिम जेठ १२ गते काठमाडौं ओर्लिने भएका छन् ।

कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमान १२ गते बेलुका त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी होटल पुग्नेछन् ।

भोलिपल्टका लागि उनको व्यस्त ‘सेड्युल’ छ । १३ गते बिहानै उनले उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग ब्रेकफास्ट मिटिङ गर्ने तालिका छ । त्यसलगत्तै सलमान सगरमाथा माउण्टेन फ्लाइटमा जानेछन् । मौसमले साथ दिएमा उनी लुक्लासम्म जाने जनाइएको छ ।

माउण्टेन फ्लाइटबाट साँझ काठमाडौं फर्किएर आराम गर्ने र बेलुका उद्योगी–व्यवसायीसँग भेट गर्ने सलमानको तालिका छ । त्यसपछि उनले भोलिपल्ट अर्थात् जेठ १४ गते दशरथ रंगशालामा हुने कार्यक्रमका लागि तयारी गर्नेछन् ।

कार्यक्रमका लागि सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाण्डेज, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा, आयुष शर्मा लगायत भारतीय कलाकार नेपाल आउँदैछन् । कार्यक्रममा गायक शिव परियार, सुशान्त केसी, गायिका सुबानी मोक्तानलगायतले सांगीतिक प्रस्तुति दिनेछन् भने अभिनेत्रीहरु माला लिम्बू र मुना गौचनले नृत्य प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर