LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सार्वजनिक बिदाको आलोचना भएपछि रामगोपालपुरका मेयरले भने– शैक्षिक संस्था मात्रै बन्द हुन्छ

१ मंसिर, रामगोपालपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक विदा घोषणा गरेको महोत्तरीको रामगोपालपुर नगरपालिकाले आफ्नो निर्णय सच्याएको छ ।

यसअघि सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले फेरि अर्को सूचना निकालेर शैक्षिक संस्थामात्र विदा हुने जानकारी गराएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड बुधबार महोत्तरी जाँदैछन् । प्रचण्ड आउने भएपछि नगरपालिकाका मेयर अशोक कुमार मण्डल र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्णले मंगलबार संयुक्त रुपमा सूचना जारी गर्दै बुधबार नगरपालिकामा विदा रहने जनाएका थिए ।

तर, यो विदाको आलोचना भएपछि मेयर मण्डलले भुलबस सार्वजनिक विदा लेखिन गएको भन्दै अर्काे सूचना प्रकाशित गरेका छन् । उनले दाजुभाइको दीर्घायु तथा समृद्धिको लागि दिदीबहिनीहरुबाट गरिने सामाचकेवा पर्वको अवसरमा मंसिर १ र २ गते नगरपालिका भित्रका सबै शैक्षिक संस्थाहरुमा मात्रै विदा रहने सूचनामा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर