LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

लक्ष्मीनियाँ गाउँपालिकामा वृहद् स्वास्थ्य शिविर सम्पन्न

टुडेवाणी,

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ कुम्हरौडामा सोमबार वृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

प्रादेशिक अस्पताल, श्री जानकी आँखा अस्पतालको सहयोगमा लक्ष्मीनियाँ गाउँपालिका र लक्ष्मीनियाँ युवा क्लवको समन्वयमा जनकपुर टुडे संचार समूहले आयोजना गरेको स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित सयौं रोगीहरुको चेकजाँच गरिएको छ ।

सो शिविरमा चेकजाँच गराउन आएका रोगीहरुलाई औषधि पनि निःशुल्क वितरण गरिएको छ । एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष बिन्देश्वर यादवले उद्घाटन गरेपछि शिविर सुरु भएको थियो । स्थानीय युवा एवम् पत्रकार लक्ष्मण यादवको विशेष पहलमा आयोजित शिविरको उद्घाटन गर्दै गापा अध्यक्ष यादवले स्वास्थ्यप्रति गंभिर हुन सबैमा आग्रह गरे ।

अस्वस्थ मानिसले कुनै क्षेत्रमा योगदान गर्न सक्दैन, उनले भने–स्वस्थ मानिसले देश विकासमा महत्वपूर्ण योगदान गर्छ । त्यसैले स्वास्थ्यको मामिलामा सम्झौता नगर्न उनले सबैमा आग्रह समेत गरे ।

स्वास्थ पालिका बनाउनमा यस्ता शिविरहरु महत्वपूर्ण साबित हुने तर्क उनले गरे । गाउँमै चेकजाँच गरेर औषधिसमेत उपलब्ध गराएकोले स्वास्थ्य संस्थासम्म पहुँच नरहेको नागरिकहरुले अधिकतम लाभ लिनुपर्नेमा अध्यक्ष यादवले जोड दिए ।

शिविरमा २ सय ८९ जनाको स्वास्थ्य जाँच गरिएको थियो । प्रादेशिक अस्पताल र श्रीजानकी आँखा अस्पतालका चिकित्सकहरुले शिविरमा आएका रोगीहरुको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा जाँच गरिएको मध्ये ४८ जनामा मोतियाविन्दु फेला परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर